प्रसौनी बिर्तामा नवरात्रि पूजाको तयारी तीव्र, सातोमाई मन्दिरमा भव्य कलश स्थापना गरिने

54

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रिको अवसरमा हुने कलश स्थापना तथा पूजा कार्यक्रमको तयारी तीव्र पारिएको छ।

पूजा कार्यक्रमलाई भव्य, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासीको सहभागितामा गाउँ भेला सम्पन्न भएको हो।

नवरात्रि पूजा समितिका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न भेलामा पूजा, कलश स्थापना, मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो।

भेलामा संविधानसभा सदस्य बिचारी यादव, वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा सदस्य कान्तिदेवी, समितिका उपाध्यक्ष लोकनारायण यादव, कोषाध्यक्ष राकेशकुमार साह, पूर्वअध्यक्ष जगारनाथ दास लगायत स्थानीय अगुवा तथा भक्तजनको सहभागिता थियो।

भेलाले प्रत्येक कलश स्थापना गर्ने भक्तजनले पण्डितलाई ७ सय ५१ रुपैयाँ, हजामलाई १ सय ५० रुपैयाँ र मालोरिनलाई १ सय रुपैयाँ दिने निर्णय गरेको समितिले जनाएको छ।

स्थानीयवासीको सामूहिक सहभागिता र सहयोगमा सातोमाई मन्दिरमा हरेक वर्ष नवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै आएको छ। यस वर्ष पनि पूजा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन तयारीलाई तीव्रता दिइएको समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.