आमाको निधनपछि बेसहारा बनेका बालबालिकालाई बृजेश्वर प्रसाद चौधरीद्वारा खाद्यान्न तथा लत्ताकपडा सहयोग

197

पर्सा, जिराभवानी ।

जिराभवानी गाउँपालिका वडा नं. ४ सुपौली निवासी जोगीन्दर महराकी छोरीको निधनपछि हुन गइरहेको श्राद्ध कार्यका लागि स्थानीय समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सामग्री तथा लत्ताकपडा सहयोग गरेका छन्।

श्राद्ध कार्यका लागि चौधरीको तर्फबाट १ बोरा चामल, २ बोरा चिउरा, १ बोरा आलु तथा १ प्याकेट प्याज गरी कुल पाँच बोरा खाद्यान्न सामग्री सहयोग गरिएको हो। साथै मृतकका तीन जना बालबालिकाका लागि एक/एक थान कपडा तथा तीन थान चप्पल समेत उपलब्ध गराइएको बताइएको छ।

स्थानीयका अनुसार मृतकका पति वर्षौंदेखि बितिसकेका थिए भने एक साताअघि आमाको समेत निधन भएपछि परिवार ठूलो पीडामा परेको छ। परिवारमा तीन छोरी र एक छोरा रहेका छन्। जेठी छोरीको विवाह भइसकेको भए पनि बाँकी तीन जना बालबालिका अहिले आफ्नो गाउँ बलुवा छोडेर सुपौलीमा नाना–नानीको सहारामा बस्न बाध्य भएका छन्।

स्थानीयवासीले दुःखद परिस्थितिमा गरिएको सहयोगले पीडित परिवारलाई केही राहत पुगेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.