प्याब्सन क्रिएटिभ स्ट्रोक्समा विद्यार्थीको प्रतिभा प्रदर्शन, साउथ जोन, गुरुकुल, रोयलसँगै गौतम,नवदीप,एसआर ग्यालेक्सी र सनसाइन पुरस्कृत

135

वीरगञ्ज आनन्द पटेल।

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति तथा कलात्मक प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्ज–पर्साको आयोजनामा ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल भावनासहित आयोजित प्रतियोगिता क्लासिक बैंक्वेटमा सम्पन्न भएको हो। प्रतियोगितामा २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षता तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. शाक्यले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउन आवश्यक रहेको बताउनुभयो। यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मोती रहमानले चित्रकला तथा हस्तलेखन प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता, कलाप्रतिको रुचि र सुन्दर लेखनशैलीको विकास गर्न सहयोग पुग्ने बताउनुभयो।

प्याब्सन पर्साका अध्यक्ष चौधरीले विद्यार्थीभित्र रहेका प्रतिभाको पहिचान गरी समाजसामु प्रस्तुत गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीको कल्पनाशक्ति, आत्मविश्वास र रचनात्मक सोच विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा विभिन्न समूहका विजेताहरू यसप्रकार छन् :

समूह ‘ए’ (नर्सरी, एलकेजी र यूकेजी)

प्रथम : राज कर्ण यादव — साउथ जोन सेकेन्डरी स्कुल

द्वितीय : अनन्या अली — विद्या सदन सेकेन्डरी स्कुल

तृतीय : अनन्या गुप्ता — नवदीप एकेडेमी

चौथो : रञ्जन साह — अल्पाइन स्कुल

पाँचौँ : अभिनव चौहान — गौतम स्कुल

समूह ‘बी’ (कक्षा १ र २)

प्रथम : सञ्जना पटेल — साउथ जोन सेकेन्डरी स्कुल

द्वितीय : अंशु पटेल — एसआर ग्यालेक्सी एकेडेमी

तृतीय : सन्नी पटेल — सनसाइन इङ्लिस बोर्डिङ स्कुल

चौथो : उमा कान्त साह — माउन्ट एडमन्ड सेकेन्डरी स्कुल

पाँचौँ : शुभी गुप्ता — गुरुकुल एकेडेमी

समूह ‘सी’ (कक्षा ३, ४ र ५)

प्रथम : सारा हयात — गुरुकुल एकेडेमी

द्वितीय : अनुष्का यादव — गुरुकुल एकेडेमी

तृतीय : रजनन्दिनी यादव — मस्कट एकेडेमी

चौथो : प्रियल तिवारी — गौतम सेकेन्डरी स्कुल

पाँचौँ : मिथिलेश कुमार राम — एसआर ग्यालेक्सी एकेडेमी

समूह ‘डी’ (कक्षा ६, ७ र ८)

प्रथम : अभिनाश साह — गुरुकुल एकेडेमी

द्वितीय : राहुल चौहान — साउथ जोन सेकेन्डरी स्कुल

तृतीय : अर्नव पटेल — रोयल एकेडेमी

चौथो : मधु कुशवाहा — साउथ जोन सेकेन्डरी स्कुल

पाँचौँ : शिवम प्रजापति — रोयल एकेडेमी

समूह ‘ई’ (कक्षा ९ र १०)

प्रथम : रञ्जन पटेल — साउथ जोन सेकेन्डरी स्कुल

द्वितीय : शिक्षा लामा — मस्कट एकेडेमी

तृतीय : श्यामसुन्दर चौहान — एसआर ग्यालेक्सी एकेडेमी

चौथो : हर्षिता कुशवाहा — रोयल एकेडेमी

पाँचौँ : सोनी चौरसिया — लिटिल एन्जल स्कुल तथा श्वेता चौरसिया — साउथ जोन सेकेन्डरी स्कुल

प्रतियोगितामा सनसाइन इङ्लिस बोर्डिङ स्कुलकी विद्यार्थी शन्वी पटेलको नाम पनि आयोजकले उपलब्ध गराएको जानकारी अनुसार समावेश गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो।

कार्यक्रमको समापन समारोहमा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मणि पाख्रिन, लालबाबु पटेल, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, शर्मानन्द कुशवाहा, विजय बल, लालबहादुर गुरुङ, विजयी ओझैया, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, महासचिव राकेश साह, मानव आश्रमका केन्द्रीय सदस्य देवेश मानव, जगत समाचारका सञ्चालक जगत राई तथा प्याब्सनका मिडिया कोअर्डिनेटर दिपु वर्णवाललगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्याब्सन जिल्ला सचिव अशोक संग्रौलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.