सनराईज सिकाई केन्द्रद्वारा वीरगंज २३ मा फलफुलका बिरुवा वितरण कार्यक्रम समपन्न

137

सनराईज सामुदायिक सिकाई केन्द्र, वीरगंज २३ प्रसौनी बिर्ताले फलफुलका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रको पुरानो भवन परिसरमा आयोजित एक कार्यक्रममार्फत बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबिधान सभाका सदस्य एवं नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले रिबन काटेर मंगलबार उद्घाटन गरेका थिए । मंगलबार र बुधबार गरि करिब साढे बाह्र सय आँफ र लिचिका बिरुवा बितरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले आफनो कार्य क्षेत्र अन्र्तगतका तिवटै टोलहरु प्रसौनी बिर्ता,सवैठवा र ईटियाहीका स्थानियहरुलाई बिरुवा बितरण गरेको संस्थाकि प्रमुख रेखा दासले जानकारी दिईन । प्रमुख दासले प्रति विरुवा रु २० का दरले उन्नत जातको आँफ र लिचिको बिरुवाहरु बितरण गरिएको बताईन । मंगलबारबाट शुरु विरुवा वितरण कार्यक्रम बुधबार समापन भएको छ ।

बुधबार प्रसौनी स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय र ईटियाही स्थित श्री भुनेश्वरनाथ आधारभुत बिद्यालयका प्र।अ र शिक्षकहरुलाई पनि बिरुवा बितरण गरिएको थियो । प्रदेश वन मन्त्रालय अन्र्तगत भु तथा जलाधार व्यवस्थ्पन कार्यलय पर्साले सो विरुवाहरु उपलब्ध गराएको थियो । कार्यक्रममा संस्थाका रिता चौधरी ,जितेन्द्र महतो लगायतको सक्रिय सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.