बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिका

13

 

बहुअरीको मूल सडक निर्माण रोक्नेहरू गैरजिम्मेवार : परवानीपुर गाउँपालिक

परवानीपुर, बारा । परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा देखिएको अवरोधबारे प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक स्वार्थका कारण भ्रामक प्रचार–प्रसार गर्दै आएका केही व्यक्तिहरूको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।

गाउँपालिकाले २५ फिट चौडाइको सडक निर्माण गर्ने वडासभाको निर्णयलाई गाउँसभाले समेत अनुमोदन गरिसकेको स्पष्ट गर्दै उपलब्ध बजेट र सहमति अनुसार हाल १९ देखि २१ फिटसम्मको सडक निर्माण हुने अवस्था रहेको जानकारी दिएको छ।

सडक निर्माणका क्रममा करिब ९० घरका पर्खाल भत्काउनुपर्ने भए पनि मुआवजा तथा वैकल्पिक व्यवस्था गर्ने विषयमा पूर्ण सहमति नहुँदा अवरोध देखिएको उल्लेख छ।

गाउँपालिकाका प्रवक्ता महमद नुरुल होदा अंसारीद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत तथा राजनीतिक स्वार्थका कारण सडक निर्माण रोक्ने कार्य गैरजिम्मेवारपूर्ण भएको भन्दै तत्काल अवरोध हटाउन आग्रह गरिएको छ। साथै कानुनी प्रक्रिया पूरा गरी सडक निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता पनि गरिएको छ।

Leave A Reply

Your email address will not be published.