वीरगञ्जको नेशनल मेडिकल कलेज मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित

40

वीरगञ्ज, ११ मंसिर – वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८१र०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मानित गरिएको छ।

बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्र.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरे।

नेशनल मेडिकल कलेज वीरगञ्जका प्रेस सल्लाहकार आसिक अंसारीका अनुसार, आठ जिल्ला रहेको मधेस प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको कारण कलेजलाई यस सम्मानले विभूषित गरेको हो।

साथै, सामाजिक सुरक्षा कोषद्वारा नेशनल मेडिकल कलेजलाई लगातार दोस्रो पटक सम्मान प्रदान गरिएको छ। यसअघि आर्थिक वर्ष २०८०र८१ मा पनि कलेजलाई मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मान दिइएको थियो।

Leave A Reply

Your email address will not be published.