पर्सा–१ मा जनमत पार्टीको संगठन विस्तार तीव्र, ३० महिला पार्टी प्रवेश

67

पर्सा, पौष १९ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ को तत्वा टोल तथा वडा नम्बर–२३ को सबैठवामा जनमत पार्टीले स्थानीयसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज–२१ स्थित तत्वा टोलमा आयोजित कार्यक्रममा करिब ३० जना महिला तथा युवतीहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। सोही अवसरमा शोभा कुमारी साह र इन्द्रावती कुशवाहाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष तथा पर्सा–१ बाट सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फले देश र मधेसको निकास तथा विकासका लागि जनमत पार्टी नै एकमात्र विकल्प भएको दाबी गरे। उनले जनमत पार्टीसँग स्पष्ट भिजन, नीति तथा विकासको ‘क्लियर रोडम्याप’ रहेको बताए।

कार्यक्रममा जनमत पार्टीका नेता बिध्यालाल प्रसाद, विजय पासवान, निराजन कुशवाहा, विष्णु कुशवाहा, सहनवाज राकी, रामबाबु ठाकुरलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस्तो चिसो तथा प्रतिकूल मौसमका बाबजुद पनि पर्सा–१ मा जनमत पार्टीबाट सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फको चुनावी भेटघाट, साथै युवा तथा महिला समिति विस्तारको अभियान निरन्तर जारी रहेको क्षेत्र नम्बर–१ का पर्यवेक्षक डा. मनोज कुमारले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.