ज्ञान बाटिका इन्स्टिच्युटमा नर्सिङ विद्यार्थीलाई भव्य स्वागत
माघ १५, बारा — ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि., परवानीपुर–०५, बारामा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बिहान १० बजेदेखि सुरु भई विविध शैक्षिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता ज्ञान बाटिका इन्स्टिच्युटकी उप–प्राचार्य प्रियंका रोयले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामछेत्री प्रसाद कुर्मी तथा उपाध्यक्ष सुगान्धी देवीको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूमा एल.एस. न्युरो एण्ड जनरल अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक राम प्रवेश प्रसाद कुर्मी, अस्पतालका सञ्चालक सबित्रा भण्डारी, होस्पिटल डाइरेक्टर डा. अर्जुन पटेल, ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्सका एकेडेमिक डाइरेक्टर इन्जिनियर अभय पटेल, वीरगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ प्रमुख डा. कल्पना पौडेल, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख टुपेन्द्र श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात दीप प्रज्वलन तथा राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, अतिथि सम्मान, सांस्कृतिक नृत्य तथा शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो। स्वागत नृत्यमा कशिश ठण्डार, चन्दनी बैठा र करुणा खत्रीले मनमोहक प्रस्तुति दिएका थिए।
कार्यक्रममा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको परिचय गराउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको थियो। वक्ताहरूले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा नर्सिङ पेशाको महत्व औंल्याउँदै अनुशासन, मेहनत र सेवाभावलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गरे।कार्यक्रमको सञ्चालन अनुजा कार्की र नाजरुल अन्सारीले गर्नुभएको थियो।