वीरगन्ज–७ र २१ मा जनमत पार्टीको सक्रियता, उम्मेदवार ओमप्रकाश सरार्फद्वारा युवा सशक्तीकरणको प्रतिबद्धता

63

माघ २५ गते,

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज महानगरपालिका वडा नम्बर–७ कुम्हाल टोलमा संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। त्यसैगरी वडा नम्बर–२१ ताजपुरमा युवाहरूसँग भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले वीरगन्जमा केही युवाहरू लागूऔषधको कुलतमा फस्दै जानु दुःखद विषय भएको उल्लेख गरे। उनले यस्ता दुर्व्यसनी युवाहरूको निःशुल्क उपचार गराई सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने र युवा सशक्तीकरणका लागि आफूसँग ठोस रोडम्याप रहेको बताए।

वीरगन्जको सरोकार, विकासका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै सरार्फले संसद र सम्बन्धित निकायमा वीरगन्ज र वीरगन्जवासीको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले स्वस्फूर्त रूपमा उम्मेदवार सरार्फको भव्य स्वागत तथा सम्मान गरेका थिए।

कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू विध्यालाल प्रसाद, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, संजय पटेल, नरेश अग्रवाल, अमर सरार्फ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.