एमालेको विरोध: वीरगंजमा र्यालीपछि ज्ञापन पत्र, तत्काल रिहा गर्न माग

99

पर्सा । नेकपा एमाले पर्साले पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ।

पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले सिडियो भोला दहाललाई ज्ञापन पत्र बुझाउँदै, ओली र लेखकलाई “सूर्यदय अगाडिनै प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको” भन्दै तत्काल रिहाइको माग गरेको छ।

शर्माले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रही’ भनेका छन् र सर्वोच्च अदालतको प्रधानन्यायाधिशको नेतृत्वमा छानबिन समिति गठनको माग गरेका छन्।

ज्ञापन पत्र बुझाउने अवसरमा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओविसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौं नेता तथा कार्यकर्ता उपस्थित थिए। एमालेले ज्ञापन पत्र बुझाउनु अघि वीरगंजमा मोटरसाइकल र्याली पनि निकालिएको थियो।

Leave A Reply

Your email address will not be published.