प्रधानमन्त्री कप २०२६:सुदूरपश्चिमको सानदार जित, लुम्बिनी १२ रनले पराजित

52

चैत्र १६ वीरगंज, आनन्द पटेल ; प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले हराउँदै महत्वपूर्ण जित हात पारेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। सुदूरपश्चिमका लागि दीपक बोहोराले संयमित ३० रन बनाउँदा हेमन्त धामीले २९ रनको योगदान दिए। अन्य ब्याटरले ठूलो स्कोर बनाउन नसक्दा टोली मध्यम योगफलमै सीमित भयो।

लुम्बिनीका बलरहरू प्रभावशाली देखिए। अज्य चौहानले १० ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए भने सन्तोष यादवले ९.४ ओभरमा ३१ रन दिँदै ४ विकेट झारे।

१६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीको सुरुवात राम्रो रहे पनि मध्यक्रम धरासायी हुँदा टोली ४०.२ ओभरमा १५६ रनमै अलआउट भयो। सन्तोष यादवले उत्कृष्ट ब्याटिङ गर्दै ६७ रन बनाए भने दर्श सुनारले ३६ रन जोड्दै केही समय संघर्ष गरे।

सुदूरपश्चिमका बलरहरूले भने निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गरे। शेर मल्लले ३ विकेट लिँदा खडक बोहोराले ३ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।

बलिङ र ब्याटिङ दुबैमा प्रभाव जमाएका खडक बोहोरा ‘म्यान अफ द म्याच’ घोषित भए।

Leave A Reply

Your email address will not be published.