कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान सम्पन्न, बैशाख ५गते शोभा यात्रा निकालिने

379

वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज खुशीमा रामनवमीको दिन प्रत्येक साल भगवान रामको जन्मउत्सव हर्सोहुलासका साथ मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल भगवान रामको जन्मदिनको अवसरमा रमनवमी महोत्सव मनाउने गरेको हो ।

समुदायले यसपाली पनि आयोजनामा बैशाख ०५ गते रामनवमी पुजाको दिन रामनवमी महोत्सव भब्य रुपमा सम्पन्न गराउन कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा जनजागरण अभियान सुरु गरेको थियो ।

सोमवार मञ्चले अभियान सम्पन्न गर्दै रामनवमी महोत्सवको तयारी अन्तिम चरणमा रहेको जनाएको छ । अभियान गर्दौवल, पोखरीया, रानिगन्ज, बडसावरा, लहावरथकरी मैनपुर, मधुबनी लगायतको गाउँका स्थानीयहरुसंग भेटघाट गरि निमन्त्रणा दिएर अभियान सम्पन्न भएको मञ्चका कोषाध्यक्ष राजेश पटेलले जानकारी दिए । उनले सो अवसरमा पछिल्लो साल रामनवमी महोत्सव सम्पन्न गराउन साथ सहयोग गर्नुभएका दात्ताहरुलाई राजेश पटेल, मोनलाल कुर्मी, रमाशिष राउत कुर्मी, चनरमन कुर्मी, गोवर्धन कुर्मी, प्रयाग पटेल लगायतकालाई कदर पत्र सहित सम्मान समेत गरिएको जानकारी दिए । उनले अभियानको क्रममा रामनवमी पुजाको अवसरमा रामनवमी महोत्सव तथा शोभा यात्रा रहेकोले सहभागी भई कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउन स्वजातीय कुर्मी समाज एवंम हिंदु धर्म प्रती आस्था राख्ने सम्पुर्ण हिन्दु धर्मलवम्बीहरुमा अनुरोध समेत गरिएको कोषाध्यक्ष पटेलले बताए ।

कुर्मी सशक्तिकरण मञ्च पर्साका जिल्ला अध्यक्ष दिपक कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी एवंम काङ्गेसका युवा नेता दिलिप पटेल, मञ्चका बरिष्ठ उपाध्यक्ष लालबाबु पटेल स्थानीय बुद्धीजिवी लगायत कुर्मी समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।

रामनवमी महोत्सव तथा शोभा यात्रा बिरगन्ज २४ रामगढवा स्थित रहेको कुर्मी सेवा सदनबाट निकालिने र बिरगन्जको नगर परिक्रमा गरि पुनः सेवा सदन पुगेर पुजापाठ गरिने एवंम सोही दिन देखि अष्ठजाम पुजा सुरु हुने कार्यक्रम रहेको अध्यक्ष पटेलले जानकारी दिएका हुन ।

Leave A Reply

Your email address will not be published.