कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा ड्राइपोर्ट श्रीसिया र अलौमा जनजागरण अभियान सम्पन्न

430

वीरगन्जः पर्सा जिल्लामा कुर्मी समुदायले आफु भगवान रामको वंशज रहेका भन्दै रामनवमीको अवसरमा भगवान रामको जन्मउत्सव तथा रामनवमी महोत्सव मनाउने गरेका छन । समुदायले कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा प्रत्येक साल रामनवमी पुजाको अवसरमा महोत्सव मनाउने गरेको हो ।
यसपाली बैशाख ०५ गते रामनवमी पुजा रहेकोले महोत्सव भब्य रुपमा सम्पन्न गराउन कुर्मी सशक्तिकरण मञ्च पर्साले जनजागरण अभियान सुरु गरेको छ ।

शुक्रवार मञ्चले जनजागरण अभियान अन्तर्गत बिरगन्ज महानगरपालिको वडा नम्बर १७ र २५मा पर्ने ड्राइपोर्ट श्रीसिया र अलौमा भेटघाट तथा निमन्त्रणा कार्यक्रम सम्पन्न गरेको मञ्चका कोषाध्यक्ष राजेश पटेलले जानकारी दिए । उनले अभियानको क्रममा रामनवमी पुजाको अवसरमा रामनवमी महोत्सव तथा शोभा यात्रा रहेकोले सहभागी भई कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउन स्वजातीय बंधु लगायत हिंदु धर्म प्रती आस्था राख्ने सम्पुर्ण भक्त जनमा अनुरोध समेत गरिएको जानकारी दिए ।

कुर्मी सशक्तिकरण मञ्च पर्साका जिल्ला अध्यक्ष दिपक कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी एवंम काङ्गेसका युवा नेता भैयाराम प्रसाद पटेल, श्याम पटेल, जोगिन्दर पटेल, ओम पटेल, दिपक पटेल मञ्चका पदाधिकारी लगायत सदस्यहरुको उपस्थीती रहेको प्रवक्ता अनील पटेलले जानकारी दिए ।

रामनवमी महोत्सव तथा शोभा यात्रा बिरगन्ज २४ रामगढवा स्थित रहेको कुर्मी सेवा सदनबाट निकालिने र बिरगन्जको नगर परिक्रमा गरि पुनः सेवा सदन पुगेर पुजापाठ गरिने एवंम सोही दिन देखि अष्ठजाम पुजा सुरु हुने कार्यक्रम रहेको अध्यक्ष पटेलले जानकारी दिएका हुन ।

Leave A Reply

Your email address will not be published.