कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्करबाट गोविन्द देवकोटा र सक्रिय पत्रकारिता पुरस्कारबाट रितेश झा सम्मानित

46

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

यस वर्षको पुरस्कार पत्रकार गोविन्द देवकोटालाई ‘कृष्ण सेन स्मृति सम्मान’ र रितेश झालाई ‘प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार’बाट जनही २१ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको हो। वीरगन्जमा आयोजित एक कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले उनीहरुलाई सम्मानित गरे ।

पुरस्कार छनोट समितिले गोविन्द देवकोटालाई पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न र जनपक्षीय पत्रकारितामा योगदान पुर्‍याएकोमा तथा रितेन्द्र झालाई प्रेस सेन्टरको संस्था निर्माणमा र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा छनोट गरेको थियो।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता र सत्यतथ्यमा आधारित पत्रकारिताको महत्वमाथि वक्ताहरूले जोड दिएका थिए।

Leave A Reply

Your email address will not be published.