‘कोही पनि नाङ्गो नरहोस्’ अभियानमा कपडा बैंकको निरन्तरता

93

वीरगंज, साउन १६

गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नयाँ तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरिएको छ।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा समाजसेवी सुरेन्द्र प्रसाद कुर्मी रहनु भएको थियो। कार्यक्रममा अधिवक्ता तथा सल्लाहकार प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, राजनाथ मिश्र, उपाध्यक्ष मोनिका सिंह, कोषाध्यक्ष, तथा सदस्यहरू सञ्जय मण्डल, जानकी देवी, नवराज भट्टराई, प्रकाश थारु, अजित भुजेल, राजेन्द्र भट्टराई, राज सराफ, र अभिलाष गुप्ता लगायतको उल्लेखनीय सहभागिता थियो।

प्रमुख अतिथि अधिवक्ता कुर्मीले कार्यक्रममा बोल्दै भने,

> “जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस्। जसलाई आवश्यक छ, हामीसँग लिएर जानुहोस्।”

कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार कपडा बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेबाट साँझ ५ बजेसम्म कार्यालय (वीरगंज–८) बाट पनि नियमित नि:शुल्क कपडा वितरण गरिरहेको छ।

कुर्मीले बताए अनुसार कपडा बैंकले पछिल्ला ६ वर्षदेखि बाढी, आगलागी तथा अन्य विपद्मा परेका पीडितहरूमाझ घरमै पुगेर कपडा तथा अन्य सामग्री वितरण गर्दै आएको छ। उनले आम्दानीको ५–१० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै सबै दाताहरू, सञ्चारकर्मी, सुभेच्छुक र पदाधिकारीप्रति आभार प्रकट गरे।

त्यस्तै, सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्” भन्ने भावना अनुरूप चाडपर्वका अवसरमा नयाँजस्तो देखिने कपडा प्रदान गर्न सबैलाई आह्वान गरे।

कार्यक्रममा अध्यक्ष लालबाबु सिंहले सबैको साझा प्रयासले दिनदुःखीको सेवा सम्भव भएको बताउँदै यो कार्यलाई मानव धर्मको सर्वोत्तम अभ्यासको रूपमा वर्णन गरे। उनले सबैलाई आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पनि आग्रह गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

Leave A Reply

Your email address will not be published.