खेली मधेस , जीती मधेस ” भन्ने नाराका साथ वीरगञ्जमा आजदेखि अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको शुरु
१५ असार वीरगज ” खेली मधेस , जिति मधेस ” भन्ने नाराकासाथ बिरगंजमा आईतबार देखि शुरु हुने अन्तर प्रदेश राष्ट्रियभारोत्तोलनं प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
शनिबार वीरगञ्जको होटेल वृन्दावनमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताबारे जानकारी दिदै आज असार १५ देखि १७ गतेसम्म ३ दिन सम्म हुने खेल प्रतियोगिता वीरगन्ज महानगरपालिका
वडा न.१४ पिपरा स्थित सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान ९ बजे देखि सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका ७ वटै प्रदेश कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूको सहभागिता रहने बताईएको थियोे ।
भारोत्तोलन खेलमा पर्सा जिल्लाबाट विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक लिन सफल भएको यसअघि २०७० सालमा सालिमार भारोत्तोलन प्रतियोगिता भएको थियो । त्यसपछी अहिले १२ बर्ष पछी बिरगंजमा हुन लागेको जानकारी गराईएको थियो ।
प्रतियोगितामा महिला तर्फ ४८, ५३, ५८ , ६३, ६९, ७७ र ८६ केजी तौल समूहमा तथा पुरुष तर्फ ६०, ६५, ७१, ७९, ८८, ९८ र ११० केजी तौल समूहका खेलाडीहरुको सहभागी हुने र खेलहरू आईडब्लुएफ IWF र एडब्लुएफ AWF अन्तर्राष्ट्रिय नियम अनुसार सञ्चालन हुने सो खेलमा महिला तर्फ ८ स्वर्ण , ८ रजत र ८ कास्य
र पुरुष तर्फ ८ स्वर्ण , ८ रजत र ८ कास्य पदकमा प्रतिस्पर्धा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुद्वारा प्रतियोगिता संचालन हुने र त्यसको अनुमानित खर्च ३० लाख हुने सम्पुर्ण खर्च मधेस प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा बिनियोजित हुने जानकारी गराईएको थियो ।
जिल्ला खेलकुद विकास समिति, पर्साका प्रमुख नाजिर हुसेन अंसारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल भारोत्तोलन संघका केन्द्रिय संयोजक कानन चौधरी, नेपाल भारोत्तोलन संघका क्षेत्रीय प्रशिक्षण प्रमुख प्रदीप श्रेष्ठ, राष्ट्रिय खेलकुद परिक्षण तालिम बिभागिय प्रमुख तिलक बहादुर राउत , अन्तर्राष्ट्रिय भारोत्तोलनको निर्णायक रुकेश तन्दुकार , सप्तरी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल , नेपाल भारोत्तोलन संघका केन्द्रिय तदर्थ समिति सदस्य निता थापा लगायतको उपस्थिति रहेको थियो ।
मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी साह कानुको प्रमुख आतिथ्यमा हुने प्रतियोगितामा ११२ जना खेलाडीको सहभागिता हुने छन ।
खेल प्रतियोगितामा सबभन्दा बढी सहभागिता हुने प्रदेश मधेस प्रदेश र सबभन्दा कम सहभागीताहुने प्रदेश कर्णाली रहेको छ ।मधेस प्रदेशबाट १० महिला र ३६ पुरुष गरि जम्मा ४६ जना र कर्णाली प्रदेशबाट जम्मा ३ जनाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रमको सन्चालन तथा पत्रकार सम्मेलनको जानकारी नेपाल भारोत्तोलन संघका केन्द्रिय तदर्थ समितिका सदस्य बिजेन्द्र बिक्रम शाहले गराउनु भएको थियो ।