प्रधानमन्त्री कप : बागमतीको शानदार जीत, मधेश ३५ रनले पराजित

177

२७ चैत्र वीरगञ्ज पर्सा,

आनन्द पटेल– प्रधानमन्त्री कप २०२६ अन्तर्गत सम्पन्न खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले पराजित गर्दै शानदार जीत हात पारेको छ। टीबी शाह क्रिकेट ग्राउण्ड (वीरगञ्ज) मा भएको उक्त खेलमा मधेश प्रदेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित १८ ओभरमा १० विकेट गुमाउँदै २०८ रन बनाएको थियो। बागमतीका लागि उत्तम मगरले ४४ रन (७५ बल) र सन्दीप लामिछानेले ३६ रन (३४ बल) को योगदान दिएका थिए। बलिङतर्फ मधेशका पवन सर्राफले ३ विकेट तथा रमेशित कुमारले २ विकेट लिएका थिए।

२०९ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमै सीमित भयो। मधेशका लागि मयान यादवले ४० रन (५० बल) तथा एमडी आदिल आलमले २७ रन (२० बल) बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

बागमतीका लागि प्रतिश GC ले उत्कृष्ट बलिङ गर्दै ९.३ ओभरमा ५ विकेट लिँदै खेलको नतिजा आफ्नो पक्षमा पारे। उनले ५५ रन खर्चिएका थिए। साथै रिजन ढकालले २ विकेट लिए।

उत्कृष्ट प्रदर्शनका लागि प्रतिश GC ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

Leave A Reply

Your email address will not be published.