राष्ट्रिय खेलकुदमा वीरगञ्जका चार तेक्वान्दो खेलाडीले मधेश प्रदेशको प्रतिनिधित्व गर्ने

86

वीरगञ्ज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत मधेश प्रदेशबाट तेक्वान्दो विधामा वीरगञ्ज तेक्वान्दो डोजाङका दुई खेलाडी सहभागी हुने भएका छन्।

डोजाङबाट ८० केजी तौल समूहमा इमरान शेख र ८७ केजी तौल समूहमा रोहन पटेलले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी महिला तर्फ ४९ केजीमा नाजिया हसनले प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीको व्यवस्थापकका रूपमा महमद वेश रहनेछन्। साथै ६८ केजीमा सोहेब अख्तरले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन लागेका दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्जसँगै मधेश प्रदेशको नाम राष्ट्रिय स्तरमा उच्च बनाउन सफल हुने विश्वास व्यक्त गरिएको छ।

खेलाडीहरूको सफल सहभागिता तथा उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.