गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा संचालन

219

बीरगन्ज । बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।

गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।

ओम विनायक बसले कलैयाचोकबाट गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

कलैयाको भरतचोकबाट गढीमाइ मन्दिरसम्म निःशुल्क सेवा उपलब्ध गराउन लागिएको महागढीमाइ नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए ।

ओम विनायक बसका सञ्चालक अच्युत पौडेलसंगको सहमतिमा यो सेवा उपलब्ध गराइएको उनको भनाइ छ । भरत चोकबाट दर्शनार्थीहरुले हरेक दिन विहान साढे ६बजेदेखि गढीमाइ मन्दिरको दर्शन गर्न बस चढेर जान पाउनेछन् ।

उनका अनुसार त्यसपछि दर्शन गरेर मन्दिरबाट साढे ८ बजेसम्म सबै दर्शनार्थीहरुलाई पुनः भरत चोकमा पु¥याइनेछ

बिहीबार ९हिजो० बरियारस्थित गढीमाइ मन्दिरको प्राङगणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको थियो ।
आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रापछि दर्शनार्थीहरुको सहजताका लागि मध्यनजर गर्दै निःशुल्क बस उपलब्ध गराउने घोषणा गरेको हो ।

Leave A Reply

Your email address will not be published.