गाउँबाट शहर पस्न बाध्य मजदुर : कामको खोजीमा घन्टाघरमा दैनिक भीड

59

वीरगन्ज, श्रावण ११ ।
देशको ग्रामीण क्षेत्रबाट कामको खोजीमा दैनिकजसो वीरगन्जको घन्टाघर क्षेत्रमा मजदुरहरूको भिड देखिन थालेको छ। निर्माण मजदुरी, मिस्त्रीको सहयोगी वा भारी बोक्ने कामका लागि आएका यी मानिसहरू बिहानैदेखि ुकाम पाइएलाु भन्ने आशमा घण्टौं पर्खिरहेका हुन्छन्।

जिविकोपार्जनको संघर्ष
कामको अवसरको अभाव, बढ्दो महँगी, र शिक्षा तथा सीप नहुँदा गाउँका युवाहरू शहर पस्न बाध्य भएका हुन्। ूगाउँमा न त खेतमा पानी पर्छ, न त मजदुरीको अवसर नै छ,ू एक जना मजदुरले भने, ूयहाँ जे काम पाइन्छ, त्यो गरेर परिवार चलाउने कोशिश गर्छौं।ू

अनौपचारिक श्रम बजार, अस्थायी आय
शहरमा मजदुरको माग भए तापनि रोजगारी स्थायी र औपचारिक नहुँदा आयको निश्चितता छैन। कतिपटक त दिनभर पर्खेर पनि काम नपाउने अवस्था छ। सीप नपुगेका ग्रामीण श्रमिकहरू सस्तो श्रमका रूपमा प्रयोग भइरहेका छन् भने श्रम नीतिहरू व्यवहारमा लागू नहुँदा समस्या ज्यूँका त्यूँ छ।

स्थानीय सरकारको कमजोर पहल
मजदुरहरूको तथ्याङ्क व्यवस्थापन, न्यूनतम पारिश्रमिकको सुनिश्चितता र रोजगारी सिर्जना जस्ता काममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ। ूकम्तीमा पनि दर्ता प्रणाली, सामाजिक सुरक्षा र न्यूनतम तलब सुनिश्चित हुनुपर्छ,ू नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई बताउँछन्।

वैदेशिक पलायनको बढ्दो प्रवृत्ति
शहरमा पनि स्थायीत्व नपाउँदा नयाँ पुस्ता वैदेशिक रोजगारतर्फ आकर्षित हुँदैछन्। यसले श्रमिक आपूर्ति देशभित्रै संकटमा पारिरहेको छ। देशको कृषि, श्रम र सामाजिक सुरक्षाको कमजोर संरचनाले गर्दा हजारौं नागरिक मजदुरीको आशमा शहर पस्न बाध्य छन्।

 

Leave A Reply

Your email address will not be published.