ग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न
वीरगञ्ज, – अग्रवाल महिला मञ्च वीरगञ्जको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा मञ्चले आफ्नो पहिलो वर्षको सफलतापूर्वक समापन गर्दै सन् २०२५ का लागि नयाँ कार्यसमितिको घोषणा गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा नूतन सरावगी चयन भएकी छन्। उपाध्यक्षमा कविता खेतान, सचिवमा श्वेता गुप्ता, कोषाध्यक्षमा नैन्सी अग्रवाल र सलाहकारमा मीरा खेतान र रेनू अग्रवाल चयन भएका छन्। यसरी चयन भएका नयाँ नेतृत्वले आगामी दिनमा समुदायको हितमा अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत वर्ष अग्रवाल महिला मञ्चले सदस्यहरूको सक्रिय सहभागिता र उत्कृष्ट टिमवर्कमार्फत सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यक्रमहरू प्रभावकारी ढङ्गले सम्पन्न गरेको स्मरण गरिएको थियो। कार्यक्रममा मञ्चको समाजसेवाप्रतिको समर्पण र योगदानको उच्च प्रशंसा गरिएको छ।
नयाँ नेतृत्वले आगामी दिनमा समुदायको हितमा अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष नूतन सरावगीले सबै सदस्यहरूको सहयोग लिएर मञ्चलाई अझ सक्रिय र जनमुखी बनाउने अठोट व्यक्त गरेकी छन्।
- सामाजिक उत्थान, महिला सशक्तीकरण र परोपकारी कार्यमा अग्रवाल महिला मञ्चले खेल्दै आएको भूमिकालाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले नयाँ ऊर्जा र उत्साहका साथ सेवा गतिविधिहरू अघि बढाउने लक्ष्य लिएको छ।