जेठ ३१, वीरगञ्ज । विरगन्ञ महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकेडेमीका प्रिन्सिपल सुशीला साहले जलेर घाइते भएका राजन महतोलाई बिधालयको तर्फबाट उपचार खर्च आर्थिक सहयोग गरेको प्रिन्सिपल सुशीला साहले बताएकी छिन् । बिधालयको तर्फबाट उपचारमा सहयोग पुगोस् भनेर बिधालयमा उनका बुवा जोखन महतोलाई प्रदान गरिएको प्रिन्सिपल साहले बताएकी हुन । बीरगंज महानगरपालिका वडा नम्बर १२ घर भएका वर्ष २२ का राजन महतो घर देखि बाइपास जाने क्रममा गत माघ २२ गते मोटरसाइकलमा सवार गरिरहेका बेला अचानक मोटरसाइकलमा आगो लागि घाइते भएकाे थिए । घाइतेका बुवा जोखन महतोका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकोले उपचार खर्च संकलन गर्नुपरेको बताए ।छोराको अहिले उपचार काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पताल साखुमा भइरहेको बताएका छन् ।उपचारमा करिब खर्च ८ लाख लाग्ने भएकोले निजी बिधालयहरुमा पुगेर आर्थिक सहयोग संकलन गर्ने क्रममा नवदिप एकेडेमी स्कुलले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।उपचारका लागि कसैले आर्थिक सहयोग गर्न चाहाने ब्यक्ति वा संघसंस्थाले ९८२१२२२४८६ सम्पर्क गरि सहयोग गर्न बुवा महतोले बताएका छन् ।