चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सूर्य नारायण विकको अध्यक्षतामा नयाँ कार्यसमीती चयन

28

वैशाख २८ वीरगन्ज, आनन्द पटेल

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको प्रथम जिल्ला अधिवेशन आईतवार विपिएस कलेजको सभा हलमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशन अन्तर्गत अध्यक्ष पदमा सूर्य नारायण विक सर्वसहमतिले चयन भएका छन् । यसैगरी उपाध्यक्ष पदमा आनन्द पटेल, सचिवमा रञ्जित यादव, कोषा अध्यक्षमा सबनम भट्टराई, सह कोषा अध्यक्षमा दिपु बर्नवाल यसैगरी सदस्यमा अखिल पटेल, समिना रंजितकार, रश्मिराज भण्डारी लगायत रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले खाँदा टिका र प्रमाणपत्र वितरण गरेर बधाई दिएका थिए । साथै निर्वाचित कार्यसमितिको आज नै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । यस अघि अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मधेश विश्व विद्यालयका उप कुलपति प्रध्यापक डा। दीपक शाक्यले यस संगठनले चलचित्र विषयमा पनि कलम चलाउन जरुरी रहेको बताए। उनले मधेसमा पनि धेरै राम्रा भोजपुरी चलचित्र बनिरहेकोमा यसको प्रचार ( प्रसार हुन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारले चलचित्र पत्रकार संघ आफैमा अलग संघठन रहेको हुनाले यसलाई पनि सशक्त ढंगले अगाडि बढाउन जरुरी रहेको बताए। उनले चलचित्रको माध्यमले सारा जगतमा आफ्नो पहिचान बनाउन सक्ने भएको हुनाले यस संगठनमा काम गर्न जरुरि रहेको बताए । साथै उनले महासंघले पनि साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रम चलचित्र पत्रकार संघ पर्सा शाखाकी अध्यक्ष नीलिमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा भोजपुरी चलचित्रका निर्माता नन्दु श्रीवास्तव, शिव प्रसाद कुर्मी , भोजपुरी गायक सुनिल पण्डित, सञ्चारकर्मी शिवनाथ यादव, शम्भुसुमन लगातहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.