चलचित्र मार्फत पर्यटनको प्रबद्र्धन गर्न मेयर सिंहलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह
वीरगंज, १६ जेठ ।
चलचित्र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ ।
शुक्रबार महानगर प्रमुख सिंहलाई बुझाइएको उक्त पत्रमा चलचित्रमार्फत वीरगञ्जको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकिने र यसले स्थानीय पर्यटनलाई प्रत्यक्ष रूपमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । संघले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट, नीति तथा कार्यक्रममा चलचित्रसँग सम्बन्धित कार्यक्रम समावेश गर्न अनुरोध गरेको छ ।
पत्रमा वीरगंजका पर्यटकीय स्थानहरूमा सिनेमा संवाद कार्यक्रम सञ्चालन गर्न सकिने, यहाँका कलाकारलाई प्रोत्साहित गर्ने र लेखन कार्यशाला सञ्चालन गर्न सकिने सुझावहरू समावेश गरिएको छ । यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमताको विकाससँगै स्थानिय प्रतिभालाई पनि उजागर गर्ने संघका अध्यक्ष सूर्यनारायण वि.क.को विश्वास छ ।
अध्यक्ष वि.क.सँगै उपाध्यक्ष आनन्द पटेल, सदस्यद्वय समिना रञ्जितकार र रश्मिराज भण्डारीले मेयर सिंहलाई भेटी पत्र बुझाएका हुन् । सो अवसरमा मेयर सिंहले संघको पहलप्रति प्रसन्नता व्यक्त गर्दै चलचित्र पत्रकार संघ पर्सालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
संघले प्रस्तुत गरेको पत्रमा लेखन, संवाद, निर्देशन र दृश्य–श्रव्य तालिमदेखि लिएर स्थानिय स्तरमा चलचित्र गतिविधि सञ्चालन गर्न सकिने विषय उल्लेख गरिएको छ । वीरगञ्जलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउने महानगरको प्रयासप्रति संघको कार्यक्रमले सघाउ पुग्ने मेयर सिंहको बुझाई छ ।