जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षारोपण गर्ने तयारी

319

वीरगन्ज,१९ जेष्ठ पर्साको जगरनाथपुर गाँउपालिकाले बर्षौदेखि अतिक्रमणमा परेका सार्वजनिक र ऐलानी जग्गाहरु अतिक्रमणमुक्त बनाउने अभियानलाई तिब्रता दिएको छ।

यसैक्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ स्थित रैनीझैनी मन्दिर नजिकैको करिब १५ बिघा जग्गापनि गाँउपालिकाले अतिक्रम मुक्त बनाएको छ।बर्षौदेखि स्थानियहरुले अतिक्रमण गरी खेती गर्दै आएको करिब १५ बिघा जग्गा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको निर्देशनमा अतिक्रमण मुक्त बनाइएको हो।

अतिक्रमण मुक्त बनाइएको उक्त जग्गामा किलाकाटी गाडेर घेराबार गरिएको छ।अब उक्त जग्गामा गाँउपालिका आँफैले वृक्षारोपण गर्ने गाँउपालिका अध्यक्ष यादवले बताए ।

अतिक्रमण मुक्त गरिएको उक्त जग्गामा किलाकाटी गर्ने क्रममा वडाध्यक्ष नेपाली कुशवाहा,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम रिमाल लगायतको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.