जगरनाथपुरमा विपन्न परिवारलाई विवाहका लागि वृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग
वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा एक अति विपन्न परिवारकी युवतीको विवाहका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता वृजेश्वर चौधरीले खाद्यान्न सामग्री सहयोग गरेका छन्।
सामाजिक उत्तरदायित्वको भावनासहित चौधरीले विवाहको तयारीमा रहेकी युवतीको परिवारलाई चामल, दाल, बेसन, मैदा लगायतका आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्। आर्थिक अभावका कारण विवाह व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको परिवारलाई सानो सहयोग भए पनि राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरिएको उनले बताए।
चौधरीले केवल राजनीति गरेर मात्र समाज परिवर्तन नहुने भन्दै आवश्यक परेको बेला जरुरतमन्द व्यक्तिहरूलाई सहयोग गर्दै जानु पनि समाजप्रतिको दायित्व भएको उल्लेख गरे।
उनले ती युवतीको दाम्पत्य जीवन सुखद र सफल रहोस् भन्ने कामना गर्दै भगवानसँग प्रार्थना समेत गरेका छन्।
स्थानीयले पनि विपन्न परिवारलाई सहयोग गरेको भन्दै चौधरीको पहलको प्रशंसा गरेका छन्।