जगरनाथपुर गाउपालिकामा निशुल्क ऑखा शिविर कार्यक्रम सम्पन्न 

26

 

चैत्र २४, पर्सा

सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया ऑखा अस्पतालको प्रविघिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नम्बर २ को पाणेपुर स्थित श्री ने रा प्रा विघालयको प्ररङ्गमा बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा निशुल्क ऑखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

केडिया ऑखा अस्पतालका डाक्टर रामदरेश साहको टोलीले शिविरमा आँखा चेकजाँच भएको हो । शिविरमा सामाजसेवी शिव कुमार साह,नरेश यादव,धर्मराज ठाकुर,चन्देशवर साह,प्रभा देवी लगायत एवम् स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।

शिविरमा १८३ जना सेवा लिएकाे चौधरीले बताएका छन। शिविरमा चेकजाँच गरेका मध्ये ४७ जनाको मोतियाविन्दको लक्षण देखा परेको बताए । बाकी ३७ जनालाइ ड्रप उपलब्ध गराउने काम भएको थियो ।

मोतियाविन्द भएका विमारीहरुलाई एक हप्ता अर्थात २५ गते सोमवार का दिन परवानीपुरको केडिया ऑखा अस्पतालमा औषधी चश्मा रगत चेकजाँच लगायत निशुल्क गरि शल्यक्रिया गरिने चौधरीले बताएका छन् । आँखा अस्पताल सम्म आउने विमारीहरुको सवारी शुल्कको ब्यवस्था चौघरी आफै जिम्म लिने बताए।

Leave A Reply

Your email address will not be published.