दोस्रो प्रसौनी प्रिमियम लिगको उपाधि सुजित सुपर किंग्सले उचाल्यो

65

वीरगंज २३ प्रसौनी बिर्तामा जारी दोस्रो प्रसौनी प्रिमियम लिगको उपाधि सुजित सुपर किंग्सले उचालेको छ । सलिम वारिर्यस र सुजित सुपर किंग्स बिच भएको फाईनल खेलमा सुजित सुपर किंग्स ३७ रनले उपाधि उचालेको हो । २० ओभरको खेलमा सुजित सुपर किंग्सले १३६ रन बनाएको थियो । जवाफी व्याटिङ्गमा उत्रेको सलिम वारिर्यसले १९ ओभरमा पुरै बिकेट गुमाउदै जम्मा १०० रन मात्र बनाएको थियो ।

१८ बलमा ५० रन बनाएका सुजित किंग्सका खेलाडी सुवास पराजुली म्यान अफ दि म्याच भएका थिए । यसैगरी सलिम वारिर्यसका नितेश श्रेष्ठ म्यान अफ दि सरिज भएका थिए । यसैगरी सलिम वारिर्यसकै सरफराज अंसारी बेष्ट बलर भएका थिए । बिजेता र उपबिजेता टिमलाई वडा अध्यक्ष अवधकिसोर कुशवाहा , वडा सदस्य लालबाबु यादवले शिल्ड र मेडल प्रदान गरेका थिए ।

बिजेता टिमलाई नगद ३००० हजार र उपबिजेता टिमलाई नगद १००० हजार नगद पुरस्कार बितरण गरिएको थियो।
प्रतियोगितामा चार टिमको सहभागिता रहेको सुजित सुपर किंग्सका मालिक सुजित साहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.