धार्मिक स्थल सरसफाई अभियानमा लायन्स क्लवको उल्लेखनीय योगदान

64

वीरगंज , लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा आज वीरगंजस्थित पवित्र पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रम लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वोत्तम र सहयोगी को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

लायन्स डिस्ट्रीक घद्दछ क् को वार्षिक कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा ूप्लास्टिक झोला प्रयोग नगरौंू र ूम मन्दिर फोहर गर्दिनू भन्ने सशक्त नारासहित प्लास्टिक मुक्त र सफा वातावरणबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमका अध्यक्ष लायन नरोत्तम पाण्डेले धार्मिक तथा सार्वजनिक स्थलहरू सफा राख्नु हाम्रो कर्तव्य मात्र नभई संस्कार भएको उल्लेख गर्दै भने, “हामीले सरसफाइका सामग्री मात्र हस्तान्तरण गरेका छैनौं, मन्दिर परिसर सफा राख्न प्रेरणा पनि दिएका छौं।”

उक्त कार्यक्रममा लायन बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्ता लगायत विभिन्न क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिलाई आवश्यक सरसफाइ सामग्रीहरू हस्तान्तरण गरिनुका साथै मन्दिर परिसर सफा राख्ने प्रतिज्ञा लिइएको थियो।

आयोजकका अनुसार यस्तो अभियानले धार्मिक स्थलहरूको स्वच्छता, पर्यावरणीय सचेतना र सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले स्थानीय श्रद्धालुहरूमा उत्साह जागृत गर्नुका साथै सामूहिक प्रयासबाट वीरगंजलाई हराभरा, सफा र स्वस्थ बनाउने अभियानमा थप ऊर्जा प्रदान गरेको छ।

Leave A Reply

Your email address will not be published.