नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त, वडावासीकै मातहतमा संचालन हुने

54

 

३१ जेष्ठ , वीरगन्ज

लामो समयदेखि केही स्वार्थपरस्त व्यक्तिहरूद्वारा एकाधिकार जमाई कब्जामा राख्दै आइरहेको वीरगन्ज महानगरपालिका वडा नं. ५ स्थित नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त भएको  छ ।

महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियासमेतको स्वतः उपस्थितमा क्लवलाई कब्जामुक्त गराइएका छ ।

उक्त क्लब वडाका भद्रभलाद्मी, जनप्रतिनिधि अनि नगर प्रहरीको रोहबरमा क्लब कब्जामुक्त गरि वडावासीकै जिम्मामा लगाइएको हो । यो भन्दा अघि पटक–पटक सूचना टाँस्दा पनि क्लबमा लगाईएको ताल्चाको साचो हामीसंग नरहेको सम्बन्धित पक्षहरू बेवास्ता गर्दै आएका थिए । सूचनाहरूको वेवास्तापश्चात वडासमितिले एक भेला आयोजना गरि क्लबमा लगाइएको ताल्चा खोल्दै वडाले औपचारिकरूपमा क्लबको जिम्मेवारी आफ्नो मातहतमा लिएको स्थानीयले जानकारी थिएको छ ।

यस निर्णयसँगै अब क्लबको सञ्चालन वडावासी अनि वडा समितिको प्रत्यक्ष निगरानीमा अधिक पारदर्शी ढङ्गमा गरिने वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले जानकारी दिए ।   वडाबासिन्दाहरूको भावना, खेलकुदको सुरक्षा अनि खेलाडीहरूको भविष्यलाई मध्यनजर गरि गरिएको यो निर्णय महत्वपूर्ण मानिएको छ ।

Leave A Reply

Your email address will not be published.