निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको सदस्य पदमा मनोनीत

75

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको जनसम्पर्क सल्लाहकार तथा प्रेस चौतारी नेपाल पर्सा शाखाको अध्यक्ष निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको सदस्य पदमा मनोनीत भएका छन् ।

उपशाखाको १७ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार सो पदमा रिक्त स्थान पूर्ति गर्न मिश्रलाई मनोनयन गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको विधान ९२०औँ सत्रौँ संशोधन, २०७४० को दफा ४० अनुसार गरिएको मनोनयनले सङ्गठनको गतिविधिमा थप ऊर्जा र गति आउने अपेक्षा गरिएको छ ।

मनोनयन पत्र मार्फत उपशाखाका सभापतिले जानकारी गराउँदै मिश्रको कार्यकालमा उपशाखाले आफ्ना लक्षित उद्देश्यहरू हासिल गर्न उहाँबाट सक्रिय, प्रभावकारी र सकारात्मक योगदान प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

निरञ्जन मिश्र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनले यस अघि पनि विभिन्न सामाजिक गतिविधिमा संलग्न रही सेवा प्रदान गर्दै आएका छन् ।

सदस्य पदमा मनोनयन भएपछि उनले रेडक्रस मार्फत सामाजिक सेवामा अझ बढी योगदान दिने प्रतिबद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.