नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा युवा नेता अभिजित यादव निर्वाचित

4

वीरगञ्ज ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय प्रतिनिधि निर्वाचनमा वीरगञ्ज महानगरपालिका–२२ का युवा नेता अभिजित यादव निर्वाचित भएका छन्।

बुधबार सम्पन्न वडा तहको निर्वाचनबाट यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता बढाउने उद्देश्यसहित आफू राजनीतिमा सक्रिय रहेको यादवले बताएका छन्।

यादवको निर्वाचितलाई वडा नम्बर २२ मा युवा पुस्ताको राजनीतिक सक्रियताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै उनले पार्टीको आगामी महाधिवेशन प्रक्रियामा वडा तहको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।

निर्वाचनपछि यादवले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.