पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

374

बैशाख २२, वीरगञ्ज । हेल्थ नेपाल मिडिया प्रालिको आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाडौंको सहयोगमा आज नारायणी अस्पतालको सभा हलमा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खण्डको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा नारायणी अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर मंन्जु कुमारी रायले अहिले महिलाहरु पाठेघर खस्ने मुख्य कारण कम उमेरमा बिवाहा हुने र चेतनाको कमिले ४० देखि ५० वर्ष उमेर पुगेपछि विभिन्न समस्या देखा पर्ने डाक्टर रायले बताएकी छिन।

गर्भवती महिलाहरुले नियमित चेकजाँच नगर्ने सुत्केरीको भएको बेला राम्रो हेरचाह नगर्दा महिलाहरुमा पाठेघर खस्ने समस्या देखा पर्ने गरेको बताइन् । साना उमेरमा प्रजननको विकास नभइ बिवाहा गर्ने र सानैमा बच्चा जन्म हुने भएकोले उसको शारीरिक विकास नभएको अवस्थामा पछि गएर पाठेघर खस्ने गरेको धेरै अहिले नारायणी अस्पतालमा उपचार गर्न आउने गरेको डाक्टर रायले बताइन् ।

त्यसैगरी सरकारी वकिल कार्यालय मकवानपुरका सहायक जिल्ला न्यायाधीश बिष्णु कुमारी चौधरीले पाठेघर खस्ने समस्याको रोकथाम तथा शल्यक्रिया सम्बन्धि कार्यविधि निदेशिकामा उपचार गराउन बाट बन्चित वा हेलचेक्राइ वा विभेद गरेको खण्डमा कानुनमा ६ महिना वा ५० हजार जरिवाना अथवा दुबै सजाय र जरिवाना बारेमा जानकारी दिनुभएको थियो।महिलाहरुलाई जनचेतनामूलक मार्फत उनीहरूलाई अदालत सम्म पुराउन सक्ने वातावरण बनाउन जरुरी रहेको समेत बताइन् ।

कानुनमा महिलाहरुलाई अधिकार दिएको तर सेवा बाट बन्चित भएको र त्यहाँ सम्म पुराउन आवश्यकता रहेको न्यायाधीश चौधरीले बताएका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनाथ साहले पाठेघर खस्ने समस्या र उपचारका बारेमा तिनै तहका सरकारले बजेट छुट्टाउनु पर्ने र निशुल्क उपचार गराउने ब्यवस्था रहेको बताए ।यद्यपि कसैले आर्थिक लाभ लिने काम गर्छ भने त्यो नियमविपरीत हुने डाक्टर साहले बताएका छन् ।

अहिले उपचारका लागि महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम मार्फत जागरुप गर्न आवश्यकता रहेको बताए । बीरगंज महानगरपालिकाका नसिंह अधिकृत इन्दिरा लोहनीले महानगरपालिकाले ३२ वटा वडाहरुमा नेपाल सरकारले तोकिएको उपचार निशुल्क दिइरहेको बताए ।

कार्यक्रमको सहजिकरण हेल्थ नेपाल मिडिया प्रालिका सम्पादक जन तिमल्सिनाले गरेका थिए। कार्यक्रममा कार्यकारी सम्पादक भिसा वाग्ले ,फोटो पत्रकार नवराज वाग्ले तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.