खिरपुरी खुवाएर जन्मदिन समपन्न
वीरगन्ज महानगर वडा नम्बर ११ श्रीपुर निवासी राजकुमार गिरिका परिवारजनले शनिबार खिर पुरी खुवाएर जन्मदिन मनाएका छन । वीरगन्जको मुटु घण्टाघर अगाडिको तिवारी बाबाको शालिक छेउमा दिन दुखी असहाय एवं बटुवाहरु गरि ७५ जनालाइ खिर पुरी ,आलु परवलको तरकारी ,जिलेबी खुवाएर भाइको जन्मदिन मनाएको दाजु कलाकार राजा गिरिले बताए ।
सो अवसरमा गिरिका बुवा प्रमोद गिरिले हाम्रो समाजमा जन्मदिनको अवसरमा विभिन्न पार्टी प्यालेस होटेलहरुमा गएर तडक भडकका साथ मनाउने फैशन बढिरहेको प्रती चिन्ता जताउदै हाम्रो संस्कार अनुसार जन्मदिनको अवसरमा जति सक्दो दिन दुखी असहायहरुको सेवा सहयोग गरि मानवता बलियो बनाई मनाउनु पर्दछ त्यही अनुसार नै आज शनिबार छोरा राज कुमार को हामी सबै परिवारले घर बाट नै बनाएर खिर पुडि ,तरकारी ,जिलेबी यहाँ घण्टाघरमा ल्याएर गरिब असहाय , बाहिर बाट आउने जाने बटुवा , पर्यटकहरुलाइ खाना समर्पित गरि सेवा गरि छोराको सुस्वास्थ्य ,दिर्घायु समृद्धि को लागि यो सेवा गरेका हौ र खाना खानेहरु को साथै आज घण्टाघरमै शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान द्वारा पानी पिलाउने कार्यक्रममा सहभागी समाजसेवीहरुले हाम्रो सानो कार्यको खुलेर प्रसंशा गरि छोराको उत्तरोत्तर प्रगती सुस्वस्थ्यताको कामना गर्दा हामी सम्पुर्ण परिवार निकै हर्षित एवं गर्वित भएका छौ र आगामी दिनमा पनि अझ बढी समाजिक सेवा कार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा सेवा प्रदान गरेका परिवारजनमा बुवा प्रमोद गिरि ,आमा ईन्दु देवि गिरि ,दाइ राजा कुमार गिरि ,भिनाजु रन्जन गिरि ,बहिनी खुश्बु गिरि ,भाइ कृष्णा गिरि लगायत सहभागी रहेका थिए ।