प्याब्सन, एन–प्याब्सन र हिसनले बीरगंज महानगरपालिकालाई लाखौँ मूल्य बराबरका सामग्री सहयोग

59

 

बीरगंज, मंसिर ३ आनन्द पटेल–

जेनजी युवा आन्दोलनका क्रममा बीरगंज महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि सञ्चालनमा समस्या परेको अवस्थामा प्याब्सन, एन–प्याब्सन र हिसनले संयुक्त रूपमा लाखौँ मूल्य बराबरका फर्निचर र कम्प्युटर सामग्री महानगरपालिकालाई सहयोग गरेका छन्।

बुधबार प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको नेतृत्वमा सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। महानगर उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने र सूचना अधिकारी सुनिल कर्णलाई आवश्यक टेबल, कुर्सी, क्याबिनेट, कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरू प्रदान गरिएको थियो।

नगर प्रमुख राजेशमान सिंहले जेनजी आन्दोलनको समयमा भएको क्षतिको कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्नुपरेको बताउँदै, विभिन्न संघ–संस्थाहरूसँग आवश्यक सामग्री उपलब्ध गराउन अपिल गरेका थिए। यसै अपिलमा प्याब्सन, एन–प्याब्सन र हिसनले सहयोग उपलब्ध गराएको प्याब्सन महानगर अध्यक्ष श्रीवास्तवले जानकारी दिए।

उपमेयर आलमले भने, “यस्ता कठिन परिस्थितिमा गरिएको सहयोगले महानगरको सेवा प्रवाह सहज बनाउन ठूलो योगदान पुर्‍याउँछ।” महानगरले हाल क्षतिग्रस्त कार्यालय पुनर्निर्माण र आवश्यक संरचना तथा उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

हस्तान्तरण कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, सचिव अशोक संग्रोला, सदस्य शुलभ केसी, मन्जु राना भट्ट, प्याब्सन महानगर सचिव अमित आलोक, हिसन उपाध्यक्ष आलोक चौरसिया, सदस्य बिजय बल, एन–प्याब्सन जिल्ला अध्यक्ष राम श्रेष्ठ, एन–प्याब्सन अध्यक्ष जयालाल साह, सोनालाल पटेल, नगर प्रहरी इन्चार्ज हरिभूषाल लगायत विभिन्न निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थित रहेको प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.