प्राइम बैंक आदर्शनगर शाखाद्वारा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाको सहभागिता
वीरगञ्ज, असोज
प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगञ्ज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरी जीवन बचाउने कार्यमा योगदान दिएका छन्।
कार्यक्रम बैंकका शाखा प्रमुखको अध्यक्षतामा तथा कर्मचारीहरूको सक्रिय पहलमा सम्पन्न भएको थियो। रक्तदान गर्नेहरूमध्ये सुनिता राई, रीता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसे लगायत रहेका थिए।
रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा नेतृत्वको टोलीले रक्त सङ्कलन तथा अन्य प्राविधिक व्यवस्थापन गरेको थियो। सो अवसरमा समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स(कोषाध्यक्ष अभिलाष गुप्ताले कार्यक्रममा बारेमा विस्तृत जानकारी दिएका थिए।
रक्तदानकर्ताहरूलाई प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरिएको यस कार्यक्रममा प्राइम बैंकका कर्मचारीहरूले पनि सक्रिय रक्तदान गरेर “रक्तदान, जीवनदान” भन्ने नारा व्यवहारमा उतारेका थिए।