बकुलियाबाट सञ्जु साहको चुनावी अभियान ससक्त, जनताको साथ उत्साहजनक

59

जीतपुरसिमरा, बारा। बारा क्षेत्र नं. ४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को “घरदैलो कार्यक्रम” विधिवत् शुभारम्भ गरिएको छ।

छाता छाप जिन्दावादको नारासहित आयोजित कार्यक्रममा उम्मेदवार सञ्जु साहले टोल–टोल पुगेर जनताको गुनासा सुन्ने, तत्काल गर्न सकिने कामहरूको पहिचान गर्ने तथा स्थानीय आवश्यकतामाथि प्रत्यक्ष छलफल गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। घरदैलोका क्रममा खानेपानी, सडक, ढल निकास, स्वास्थ्य तथा रोजगारीका विषयमा स्थानीयसँग खुला संवाद गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, वरिष्ठ नेता तथा अधिवक्ता रामचन्द्र सिंह, नेता जयप्रकाश यादव, युवा कार्यकर्ता, महिला तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उपस्थित नेताहरूले छाता छापमा मतदान गरी उम्मेदवार सञ्जु साहलाई भारी मतले विजयी गराउन आह्वान गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयहरूले पनि विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका लागि सञ्जु साहलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका

Leave A Reply

Your email address will not be published.