बाराको फेटा गाउँपालिकाका बाढी पीडितलाई मेयर अंसारीद्धारा राहत वितरण
२२ असोज, बारा
बाराको फेटा गाउँपालिकामा बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। गाउँपालिकाको विभिन्न ठाउँमा आएको बाढीले स्थानीयहरुको बाली नाली सहित घरमा समेत क्षति पुगेको हुनाले सोमबार गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले पीडितहरुलाई राहत सहयोग गरेका छन । राहत सामग्री अन्तर्गत १ बोरा चामल, दाल र थप आवशयक सामग्री सहित तत्काल बस्नको लागि त्रिपाल मेयर अन्सारीले वितरण गरेका छन ।
स्थानीय सरकारको हैसियतले आफुले सक्ने जति सहयाृेग गरेको गाउँपालीका अध्यक्ष रुस्तमा अंसारीले बताए । साथै उनले यस विपदको समयमा स्थानीय पिडीतहरुलाई प्रदेश र केन्द्र सरकारलाई समेत सहयोग गर्न अपील गरेका छन । गाउाँपालिकाभरीबाट ४० जनालाई सो राहत सामग्री वितरण गरिएको अध्यक्ष अंसारीले बताए । साथै उनले थप सहयोगको लागि आफुहरु समबन्धित निकायलाई पहल गरिरहेको बताए । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर सिंह लगायत स्थानिय नेता, सामाज सेवी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।