भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, ८ हजार भन्दा बढीको उद्धार

47

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार चितवनमा सबै भन्दा धेरै २५९ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको प्राधिकरणले जनाएको छ।

Leave A Reply

Your email address will not be published.