भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रास्वपा पर्साद्वारा दीप प्रज्वलन

91

वीरगञ्ज, २२ भदौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

बाढीमा परी ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर रास्वपा पर्साले सोमबार दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। उनले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा सरकारले कुनै कसर बाँकी राख्न नहुने बताए।

श्रद्धाञ्जली सभामा कार्यवाहक सभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र र फैयाज मिया तथा पालिका सभापतिहरू रमाकान्त चौधरी, चन्दन यादव र माधव बस्नेतलगायतको उपस्थिति थियो।

त्यस्तै, महमुद्दिन आलम, अक्षय द्विवेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी, दीपेन्द्र मण्डललगायत रास्वपाका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।

Leave A Reply

Your email address will not be published.