मदिरा बिक्री बन्दमा विभेद भएको आरोप, पर्सा व्यवसायीको पुनर्विचार माग

53

पर्सामा मदिरा बिक्री बन्दको फरक मितिप्रति व्यवसायीको आपत्ति

जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि लागू गरेको विषयमा पर्सा जिल्लाका मदिरा व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्।

व्यवसायीहरूले शुक्रबार जारी गरेको ध्यानाकर्षण पत्रमा देशका अधिकांश जिल्लामा फागुन १८ गतेदेखि मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय गरिएको जानकारी पाएको उल्लेख गर्दै पर्सामा मात्र फरक मिति तोकिनु अन्यायपूर्ण, विभेदपूर्ण तथा अन्योलपूर्ण भएको बताएका छन्। एउटै देशभित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक मिति र मापदण्ड लागू गरिनु उचित नहुने उनीहरूको तर्क छ।

व्यवसायीहरूका अनुसार मदिरा व्यवसाय हजारौं परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो। यस व्यवसायमार्फत राज्यलाई नियमित रूपमा कर बुझाउँदै आएको उल्लेख गर्दै उनीहरूले यस्ता निर्णय गर्दा समान मापदण्ड र स्पष्ट आधार अपनाइनुपर्ने माग गरेका छन्।

ध्यानाकर्षण पत्रमा हाल धेरै व्यवसायीहरूले बैंकबाट ऋण लिएको, गोदाम तथा पसलमा ठूलो परिमाणमा मौज्दात रहेको, घरभाडा, कर्मचारी तलब, बैंक ब्याजलगायत नियमित खर्च तिर्नुपर्ने अवस्था रहेको उल्लेख छ। यस्तो अवस्थामा अन्य जिल्लाभन्दा अगाडि नै बिक्री बन्द गरिनुले गम्भीर आर्थिक संकट निम्त्याउने चेतावनी व्यवसायीहरूले दिएका छन्।

पर्सामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया सार्वजनिक गर्न तथा देशभर समान रूपमा लागू हुने एकरूप मिति निर्धारण गर्न सम्बन्धित निकायसँग उनीहरूले माग गरेका छन्। अन्यथा निर्णयबाट उत्पन्न हुने आर्थिक क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने व्यवसायीहरूको चेतावनी

Leave A Reply

Your email address will not be published.