महानगरद्वारा गोपाल खेतानलाई रंगशाला व्यवस्थापनको जिम्मेवारी

30

वीरगंज, साउन २२

वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार तथा प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी दिइएको छ। महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत खेतानलाई उक्त जिम्मेवारी दिइएको हो।

खेलकुद मात्रका लागि प्रयोग गरिने रंगशाला

महानगरपालिकाको निर्णय अनुसार, आदर्शनगर रंगशालालाई अब खेलकुद क्षेत्रको वृत्ति विकास र उन्नयनका लागि मात्र प्रयोग गरिने नीति लिइएको छ। यसै नीतिको प्रभावकारी कार्यान्वयनमा भूमिका खेल्ने विश्वासका साथ खेतानलाई संयोजक तोकिएको उल्लेख गरिएको छ।

खेतानको विगतको योगदानलाई मान्यता दिँदै पुनः जिम्मेवारी

पत्रमा उल्लेख भएअनुसार, यसअघि पनि गोपाल खेतानले रंगशालाको संरक्षण र व्यवस्थापनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको पाइएकाले उनलाई पुनः जिम्मेवारी दिइएको हो। संयोजकका रूपमा खेतानले समन्वय, मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिहरू प्रवर्द्धनमा काम गर्ने अपेक्षा गरिएको छ।

खेल क्षेत्र र स्थानीयवासीबाट स्वागत

गोपाल प्रसाद खेतानलाई संयोजक तोकिएको खबर सार्वजनिक भएलगत्तै स्थानीय खेलकुद अभियन्ता, खेलाडी तथा बासिन्दाले उक्त निर्णयको स्वागत गरेका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशालाले अझ व्यवस्थित, पारदर्शी र उद्देश्यअनुरूप सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.