माहेश्वरी समाज बिरगंज र रोटरी क्लबको सहकार्यमा अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान

43

माहेश्वरी समाज बिरगंजका अध्यक्ष प्रकाश बाहेतीको सहयोगमा पर्सा जिल्लाकी एक अपांग महिलालाई निःशुल्क कृत्रिम खुट्टा ९तल्लो अप्राकृतिक खुट्टा० प्रदान गरिएको छ। रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरलाई प्रदान गरिएको आर्थिक सहायता मार्फत उक्त सेवा उपलब्ध गराइएको हो।

मानवीय सेवामा समर्पित यो कार्यक्रम रोटरी क्लब वीरगंजको सह९आयोजनामा सम्पन्न भएको हो। क्लबका अध्यक्ष रोटेरियन गोपाल खेतानले यस अभियानले अपांगता भएका नागरिकहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ अग्रसर गराउन सहयोग पुर्‍याएको बताए। उनका अनुसार क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिँदै आएको छ र आगामी दिनहरूमा यो अभियानलाई अझ विस्तार गर्ने योजना रहेको छ।

कार्यक्रममा माहेश्वरी समाजका सदस्यहरू, पदाधिकारीहरू तथा रोटरी क्लब वीरगंजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समाजका अध्यक्ष प्रकाश बाहेतीले यस अभियानले अपांग व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

रोटरी क्लब वीरगंजद्वारा सञ्चालनमा ल्याइएको कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। विज्ञहरूका अनुसार एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत रु। १६,५०० बराबरको खर्च हुने जानकारी दिइएको छ।

क्लबका सचिव रोटेरियन राकेश मिश्राले रोटरी क्लबको प्रयासले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको उज्यालो फैलाउने काम गरेको बताउँदै सामाजिक समावेशीता र आत्मसम्मानपूर्ण जीवनको दिशामा यो अभियान टेवा पुग्ने अपेक्षा व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.