मेडिकल कलेज, क्रिकेट स्टेडियम र रामायण सर्किट : पर्सा–२ मा सन्तोष पटेलको विकास खाका

109

वीरगञ्ज, पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २६ अँठराहामा नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार Santosh Patel ले शुक्रबार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार पटेलले “एक भोट राष्ट्रका लागि” भन्ने नारासहित मतदातासँग भेटघाट गर्दै पार्टीका प्रमुख एजेन्डा सार्वजनिक गरेका थिए। उनले राष्ट्रिय एकता, स्वाभिमान रक्षा, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन तथा विकासलाई प्राथमिकतामा राखेको बताए।

त्यसैगरी धार्मिक पर्यटन प्रवर्द्धन, रामायण सर्किट निर्माण, क्षेत्रमै मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, किसानलाई प्राथमिकता, युवा तथा महिलालाई अवसर सिर्जना र रोजगारी व्यवस्थापन आफ्नो मुख्य प्रतिबद्धता रहेको उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। मतदातासँगको संवादमा उनले क्षेत्रको समृद्धिका लागि नेपाल जनता पार्टीको कमल छापमा मतदान गरी सहयोग गर्न आग्रह गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.