यु(१९ महिला एसिया कप: नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द
वीरगञ्ज । मलेसियामा जारी पहिलो चरणको एसीसी यु(१९ महिला एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अङ्क बाँडेका छन् ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलङ्कालाई झट्का दिएकी थिइन् ।
आफ्नो ओभरको तेस्रो बलमा उनले हिरुनी हंसिकालाई एलिसा कुमारी यादवको हातबाट क्याच गराएकी हुन् । पहिलो ओभरमा उनले १ रन मात्रै खर्चेकी थिइन् ।
तर वर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको छ । नेपालले सुपर फोरको अर्को खेल बङ्गलादेशविरुद्ध भोलि खेल्नेछ ।
सुपर फोमा नेपाल, श्रीलङ्का, भारत र बङ्गलादेश छन् । प्रत्येकले दुई–दुई खेल्नेछन् । अङ्कतालिकाको शीर्षस्थानमा रहने दुई टिम फाइनलमा पुग्नेछन् ।