यूवा नेता सञ्जु साहको नेतृत्वमा बहुअरीको चौतारा पुनःनिर्माण, स्थानीय खुसी

189

बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीस्थित मुख्य चौक नजिक रहेको जीर्ण चौताराको मर्मत सम्भार गरि पुनःउपयोगमा ल्याइएको छ। स्थानीय समाजसेवी तथा यूवा नेता सञ्जु साहको पहलमा सो चौतारा पुनः निर्माण गरिएको हो ।

चौतारा धेरै समयदेखि फोहोर र उपयोगविहीन अवस्थामा रहेको थियो। स्थानीय प्रभु पटेलको आग्रहपछि यूवा नेता साहले यसलाई सर्वसाधारणको लागि पुनःप्रयोग योग्य बनाउने निर्णय गरे। हाल पुनःनिर्माण पश्चात यो चौतारा स्थानीय नागरिकहरूका लागि गर्मीबाट राहत पाउने स्थान मात्र नभई युवाहरू, बुद्धिजीवी र समाजसेवीहरूका लागि छलफल तथा सम्वादको थलो समेत बन्न पुगेको छ।

यस अभियानमा विशेष सहयोग पुर्‍याउने स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल,  उपाध्यक्ष उमेश साह, बरिष्ठ सदस्य तथा प्राध्यापक सरोज यादव, सन्दिप यादव लगायत भद्रभलाद्मी एवं समाजसेवीहरूप्रति आयोजक पक्षले विशेष आभार व्यक्त गरेको छ।

स्थानीयबासीहरूका अनुसार, यस्तो किसिमका सृजनात्मक कार्यहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने र भावी पुस्तालाई सामूहिक जिम्मेवारीबोध गराउनेछ।

Leave A Reply

Your email address will not be published.