यूवा नेता अकलेश साहको पहलमा पकाहामैनपुर गाँउपालिकामा करौडोको बजेटमा बिकाश निर्माणका कार्यहरु हुदै
नेकपा एमालेका युवा नेता अकलेश साहको पहलमा पकाहामैनपुर गाँउपालिकामा करौडोको बजेटमा बिकाश निर्माणका कार्यहरु भईरहका छन । ओविसीका केन्द्रिय उपाध्यक्ष एवं पालिका अध्यक्ष समेत रहेका साहको पहलमा अहिले सडक ढलान देखि लिएर बिभिन्न बिकाश निर्माणका काम शुरु भएका छन । साहले मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवबाट ४५ लाख रुपैयाँको बजेट निकासा गराई पकाहाँ मैनपुर गाउँपालिका वडा नं १ अन्तर्गत धोरेदेखि मडैयामाईसम्मको मुख्य बाटो ढलानको काम थालिएको छ।
कामको स्थलगत निरीक्षण गर्दै नेता साहले निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलाइ वा लापरबाही स्वीकार्य नहुने स्पष्ट परो । उनले जिम्मेवारीप्रति सजगता प्रकट गरेका छन्। उनी स्वयं निर्माण प्रगति अनुगमनमा जुटिरहेका छन् र सम्बन्धित पक्षलाई गुणस्तरीय काम छिटो सक्न आग्रह गर्दै आएका छन्।
साहको नेतृत्व क्षमताप्रति स्थानीय जनताको विश्वास दिन प्रतिदिन बढ्दो छ। उनीहरू खुलेर भन्छन्, “हामीले साहलाई मात्रै नेता मानेका छौं, अब २०८४ को स्थानीय निर्वाचनमा उहाँलाई जिताएर गाउँको औपचारिक नेतृत्व पनि उहाँकै हातमा दिनुपर्छ।”
गाउँका युवादेखि वृद्धसम्म, किसानदेखि व्यापारीसम्म सबैले साहको इमानदारी, कर्मशीलता, सहज पहुँच र पारदर्शी कार्यशैलीको खुलेर प्रशंसा गरिरहेका छन्। उनका पहलमा अहिले पकाहाँ मैनपुरमा दर्जनौं विकास योजनाहरू बजेट विनियोजन,भई निर्माण कार्यको चरणमा पुगेका छन्। सडक, नाला, खानेपानी, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार निर्माणमा देखिएको तीव्रता साहकै निरन्तर प्रयास र समर्पणको नतिजा हो।अकलेश कुमार साह अब केवल सम्भावित उम्मेदवार होइनन्, उनी जनताका नजरमा विश्वासिलो, इमानदार र सक्षम नेतृत्वको प्रतीक बनेका छन्।