राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवशेन सम्पन्न,अध्यक्षमा पौडेल र सचिवमा पर्साका यादव निर्वाचित
राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेठ १७ देखि १९ सम्म काठमाडौंमा सम्पन्न अधिवेशनले डा. संतोष पौडेलको अध्यक्षतामा ९९ सदसिय नयाँ कार्य समिति गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा अमृता बराल , रामहरि ढकाल निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा भीमराज सिंह र सचिवमा पर्साका हरेन्द्र यादव, अनुप सिंह क्षेत्री, चन्द्र बहादुर सुनार,रुपा केसी निर्वाचित भएका छन । यस्तै खुला केन्द्रीय सदस्यमा नहर्व खुर्वा दोर्जे, डा छितिज वराकोटी, भरत वोहरा, हरि प्रसाद काफ्ले, प्रभुनारायण ठाकुर, हिमाल सिंह ठकुरी कमल पाण्डे, डा कालु सिंह खत्री, नबराज पौडेल र रुपेश चापागाई सहित ९० जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
सचिवमा पर्साका हरेन्द्र यादव
राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट सचिवमा पर्साका हरेन्द्र यादव निर्वाचित भएका छन । वीरगंज २३ प्रसौनी बिर्ता घर भएका यादव बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका छन । सचिव पदमा निर्वाचित भएका यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफु तत्पर रहने बताए ।स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका यादवले संगठनलाई अझै बलियो र प्रभावकारी बनाएर लैजाने प्रतिक्रिया दिए । भारतको बैंगलोरबाट फार्मेसी सम्बन्धि उच्च शिक्षा हासिल गरेका यादव व्यवस्थापन र औषधि बनाउने काममा निकै दक्ष मानिन्छन । राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।