लायन्स क्लबहरूको संयुक्त आयोजनामा बहिरा विद्यालयमा दिवा खाजा कार्यक्रम सम्पन्न

39

मंसिर २४,वीरगञ्ज – लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ तथा लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा आज वीरगञ्ज महानगरपालिका अन्तर्गतको बहिरा विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजा खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ५५ जना बहिरा विद्यार्थीहरूलाई स्वादिलो, पोषणयुक्त तथा स्वास्थ्योपयोगी खाजा खुवाइएको आयोजक क्लबहरूले जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहाले विशेष आवश्यकता भएका बालबालिकाहरूसँग समय बिताउन पाउनु स्वयंमा प्रेरणादायी अनुभूति भएको बताए। यस्ता सामाजिक सेवाका गतिविधिले समाजमा सकारात्मकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका थिए। उनले कार्यक्रममा संलग्न चारै क्लबलाई बधाईसमेत दिएका थिए, त्यसैगरी लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साहले दिवा खाजा वितरण अभियानलाई वर्षभर निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन्।

कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्जका उपाध्यक्ष लायन गोविन्द साह कानु, बहिरा विद्यालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, शिक्षिका तथा दोभाषे जानकी थापा मगर, लायन्स क्लब पिंक सिटीकी उपाध्यक्ष लायन कुशुम वर्णवाल, सहसचिव लायन ब्युटी जैसवाल, लायन जुली वर्णवाल, लायन रूपशिला जैसवाल सहित क्लबका पदाधिकारी, सदस्य, विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

लायन्स क्लबहरूले निरन्तररूपमा सामाजिक सेवा गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । यस्ता कार्यक्रमले समुदायमा सहानुभूति, सद्भाव र सेवाभाव विस्तार हुने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.