लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफद्वारा घडिअर्वा पोखरीलाई बेन्च हस्तान्तरण

8

वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि पाँच थान बेञ्च हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफले मङ्गलवार एक कार्यक्रमका बिचमा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि वीरगञ्ज महानगरपालिका ९ १० का वडाध्यक्ष सुशील कुमार कानुलाई पाँच थान बेञ्च हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत वडाध्यक्ष कानुले बेञ्चले घडिअर्वा पोखरीलाई थप नागरिकमैत्री र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्व व्यक्त गर्दै लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफ प्रति आभार प्रकट गरे । उनले यस प्रकारका सहकार्यले समुदायको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।

साहका अनुसार, घडिअर्वा पोखरीलाई सुन्दर, हरियालीयुक्त, र आकर्षक बनाउन वडाले निरन्तर प्रयास जारी राख्ने छ ।

लायन्स क्लबका राधेश्याम खेतानले कार्यक्रममा बेञ्च हस्तान्तरणको उद्देश्यबारे जानकारी गराउँदै सार्वजनिक स्थलको व्यवस्थापनमा यस प्रकारका योगदानले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले बेञ्चहरू वरिष्ठ उद्योगी एवम् समाजसेवी सुरेश कुमार गाडियाले उपलब्ध गराएको जानकारी पनि दिए ।

कार्यक्रममा वरिष्ठ उद्योगपति वीरेन्द्र संघाई, समाजसेवी सज्जन अग्रवाल, डीएन अग्रवाल, बासु तिम्सिना, मनोज उपाध्याय, सुशील चाचान, राम बिहारी पाण्डेलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, र सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो ।

यस प्रयासले ऐतिहासिक घडिअर्वा पोखरीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । यस प्रकारका सार्वजनिक सहकार्यले समुदायमा समन्वय र विकासको मार्ग प्रशस्त गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.